मनाइयो इस्वी संवत्को नयाँ वर्ष २०२२

काठमाडौँ । विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत्को नयाँ वर्ष २०२२ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुशीयालीका साथ मनाइएको छ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२२ सुरु भएको छ । यस अवसरमा शुक्रबार बेलुकीदेखि नै मानिस नयाँ वर्ष मनाउन भेला भएका थिए । इस्वी संवत्को नयाँ वर्ष भव्यरूपमा मनाइने अमेरिका एवं युरोपका देशमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोनका कारण भीडभाड कम भएका बेला नेपालमा भने युवायुवती निस्फिक्रीसाथ उद्यान, रेष्टुरेन्ट, सभाहल, सांस्कृतिकस्थललगायत स्थानमा जम्मा भएर नयाँ वर्ष मनाइरहेका देखिन्थे ।
नेपालमा तीन जनामा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन पुष्टि भए पनि अझै सजगता नअपनाएको भन्दै कति मानिसले भने भीड बढ्न थालेकामा चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय सबै क्षेत्रमा भीडभाड बढ्न थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सजग गराउन उनीहरुले माग गर्न थालेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीलगायत सहरमा ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको खबर सार्वजनिक भए पनि नेपालको सीमा क्षेत्रमा सजगता नअपनाएका कारण अप्ठ्यारो अवस्था आउनसक्ने स्वास्थ्यकर्मी डा रोशन पोखरेलले बताए । यसैले पर्व मनाउँदा रोगबाट बच्ने उपाय अपनाउन सरकारले आग्रहसहित आवश्यक परेका बेला नियन्त्रण नै गर्नुपर्ने उनको भनाइ छ ।
इस्वी संवत्को पृष्ठभूमि
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटीले बताए । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । विश्वका मुख्य–मुख्य काम इस्वी संवत्अनुसार नै गरिन्छ ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । यी स्थानमा आज पनि धेरै मानिस जम्मा भएर नयाँ वर्ष मनाएका छन् । विभिन्न देशबाट भ्रमणका क्रममा नेपाल आएका विदेशी नागरिक पनि नयाँ वर्ष मनाउने कार्यक्रममा सरिक भएका थिए ।
राजधानीका ठमेल, नयाँसडक, बौद्ध, स्वयम्भूलगायत स्थानमा आज बेलुकीसम्म पनि नयाँ वर्षमा रमाउनेको भीड देखिन्छ । इस्वी संवत्को नयाँ वर्षका अवसरमा नेपालमा सार्वजनिक बिदा नदिइने भए पनि आज शनिबार परेकाले धेरैलाई सहज भएको थियो । शनिबार प्रायः मानिस प्राकृतिक एवं सांस्कृतिकस्थलमा रमाउने गर्छन् । अझ कतिले त शनिबार वनभोज पनि मनाउने गर्छन् ।
















नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया