सोमबार, पुष ७, २०८२

माओवादी महाधिवेशन नसकिँदा प्रतिनिधिसभा बैठक स्थगित

मेरोन्यूज २०७८ पुष १८ गते ९:४४

काठमाडौँ । प्रतिनिधि सभाको आज बोलाइएको बैठक स्थगित गरिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७÷७८ पेश गर्ने कार्यसूची रहेको थियो ।

बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित गरिएको छ । माओवादीको आग्रहकै कारण बैठक स्थगित गरिएको बताइएको छ ।

बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित गरिएको छ ।

संघीय संसद सचिवालयका अनुसार अब पुस २२ मा अर्को बैठक बस्नेछ।

प्रतिक्रिया