माओवादी महाधिवेशन नसकिँदा प्रतिनिधिसभा बैठक स्थगित
मेरोन्यूज
२०७८ पुष १८ गते ९:४४

काठमाडौँ । प्रतिनिधि सभाको आज बोलाइएको बैठक स्थगित गरिएको छ ।
संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७÷७८ पेश गर्ने कार्यसूची रहेको थियो ।
बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित गरिएको छ । माओवादीको आग्रहकै कारण बैठक स्थगित गरिएको बताइएको छ ।
बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित गरिएको छ ।
संघीय संसद सचिवालयका अनुसार अब पुस २२ मा अर्को बैठक बस्नेछ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया