हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ

रुकुम । रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।
गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ छ भने कतिपयलाई लामो समयपछि भएको वर्षाका कारण खेतबारीमा खनजोतको काम भ्याइनभ्याइ भएको छ ।
जिल्लाको तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रमा परेको हिउँ हेर्न जाने गर्दछन् । विगतका वर्षमा रुकुमपूर्व, रोल्पा र बागलुङको सिमाना पातीहाल्नामा आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्दथ्यो।
अहिले भूमे गाउँपालिका–१ को लुकुम आसपास क्षेत्रमा हिउँ खेल्नेको भीड देख्न सकिने लकुमकी सीता मगरले बताइन्। अहिले हिउँ हेर्न जाने र ओहोरदोहोर गर्नेको चहलपहलले भूमेमा रौनकता थपिएको उनले जानकारी दिइन्। तमु ल्होसारका कारण सार्वजनिक बिदा भएपछि सरकारी कर्मचारी पनि हिउँ खेल्न लुकुम पुगेका थिए ।
‘हिउँ खेल्न भनेर रुकुमकोटबाट गइयो, निकै चिसो थियो’, रुकुमकोट जिल्ला अदालतका निर्मला शर्माले भनिन्, ‘रुवा जसरी हिउँ परिरहेको दृश्य निकै रमाइलो थियो।’ चिसोलाई बेवास्ता गर्दै परिरहेको हिउँमा झुमेर फोटो खिच्ने, टिकटक बनाउने, भिडियो बनाउने आ–आफ्नै तालमा रमाइरहेको दृश्य देख्दा खुब आनन्द आएको उनले बताइन्।
अहिले पनि मानिस क्यामेरा भिरेर हिउँसँगैको फोटो खिच्न र भिडियो बनाउन भन्दै लकुम आसपासको क्षेत्र रुपगामा पुग्ने गरेका छन् । ‘कसैलाई हिउँमा आफ्नो नाम कोरेर फोटो खिच्न भ्याइनभ्याइ छ’, हिउँ खेल्न रुपगामा पुग्नुभएका उमेश कुँवरले भने, ‘कोहीलाई हिउँको विभिन्न आकृति बनाएर फोटो खिचाउन ठिक्क छ।’ हिउँ उराल्ने, टिकटक बनाउने र फेसबुक सेताम्य बनाउनेको जमात बढेको उनको भनाइ छ ।
भूमे गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्काले अहिले रुपगामा रुकुमकोट र रुकुमपश्चिमका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्ने गरेको बताए।
जिल्ला प्रशासन कार्यालयले भने स्थानीय तहसँगको सहकार्यमा बाटोमा जमेको हिउँ पन्छाउन सुरु गरेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका जाने बाटोमा पनि बाक्लो हिउँ जमेको छ । त्यहाँको बाटो सञ्चालन गरिएको छ । बाक्लो हिउँमा जोखिम मोलेर सवारी आवतजावत गर्ने गरेका छन् । (रासस)















ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया