माओवादी महाधिवेशन
माओवादीमा केन्द्रीय सदस्यको कोटा भागवण्डा (संख्यासहित)
प्रदेश १, कर्णाली र सुदुरपश्चिमवाट अहिले रहेको संख्या भन्दा झण्डै दोब्बरको संख्यामा केन्द्रीय सदस्य थपिदैं

काठमाडौं । नेकपा (माओवादीले महाधिवेशनवाट निर्वाचित हुने नयाा केन्द्रीय समितिका लागि प्रदेशस्तरमा भागवन्डा लगाएको छ । कुल २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित र १५ प्रतिशत मनोनित गर्ने गरी उसले महाधिवेशनवाट नयाँ नेतृत्व चयनका लागि गृहकार्य गरिरहेको छ ।
त्यसका लागि उसले ४३ पद वाँकी राखेर २छ६ पद प्रदेशलाइृ भागवन्डा लगाएको मेरोन्यूजलाई भागवन्डा सूची प्राप्त भएको छ ।
सूची अनुसार निर्वाचन क्षेत्र, पार्टीको सदस्यता संख्या, गत निर्वाचनको समानुपातिक मत, विधमान केन्द्रीय समितिमा प्रतिनिधित्व , प्रदेश जनसख्या लगायतलाई आधार बनाएर माओवादीले २५६ पद भने प्रदेशलाई विभाजन गरेको हो ।
जसअनुसार, २८ ओटा प्रतिनिधीसभाको निर्वाचन क्षेत्र रहेको प्रदेश १ वाट ४१ जना, ३२ प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको प्रदेश २ वाट २४ जना, ३३ ओटा निर्वाचन क्षेत्र रहेको वागमती प्रदेशवाट ५२ जना, १८ ओटा निर्वाचन क्षेत्र रहेको गण्डकीवाट २४ जना, २६ ओटा निर्वाचन क्षेत्र रहेको लुम्बिनीवाट ४० जना, १२ ओटा निर्वाचन क्षेत्र रहेको कर्णालीबाट ३१ जना र १६ ओटा निर्वाचन क्ष्गेत्र रहेको सुदुरपश्चिमवाट २९ जना केन्द्रीय सदस्य वन्ने गरी भागवन्डा लगाईएको छ ।
त्यसैगरी विशेष सम्र्पक, प्रवास वाट १४ जना केन्द्रीय सदस्य रहनेछन् । वाँकी ४३ जना भने ठाँउ विशेष अनुसार र आवश्यकता अनुसार राखिने गरी सिट खालि राखिएको छ ।

अहिले माओवादी केन्द्रको १७९ जना केन्द्रीय सदस्य छन् । प्रदेश १ वाट २२ जना, प्रदेश २ वाट २६ मा ९एक जना महादेव यादवका निधनपछि० २५ जना, वागमती प्रदेशबाट ४२ जना, लुम्बिनीका ३६ जना, कर्णालीका १६ र सुदुरपश्चिमका १३ जना रहेका थिए ।
यो पछिल्लो भागवन्डाले प्रदेश १ मा अहिले रहेको भन्दा झण्डै दोब्बर संख्यामा केन्द्रीय सदस्य वढनेछन् । २१ जना केन्द्रीय सदस्य थप वढी पाउने भएका छन् । प्रदेश २ लाई भने पहिले जति संख्या थियो, त्यही संख्या मात्र पाएको छ । यसले नयाँले त्यहाँवाट अवसर नपाउने देखिएको छ ।
वागमती प्रदेशमा पहिले भन्दा थप १० जनाले नयाँ इन्टी मार्नेछन् । पहिले ४२ जना रहेकोमा ५२ जना हुनेछन् । गण्डकीमा यस अगाढी २५ जना रहेकोमा अव ६ जना वढेर ३१ जना पुग्ने भएका छन् ।
लुम्बिनीमा अहिले रहेकोमा ४ जना थप हुनेछन् । कर्णालीमा यस अगाडी १६ जना रहेकाकेमा अव ३१ ज्ना हुनेछन् । यहाँ पनि झण्डै दोब्बर संख्यामा केन्द्रीय सदस्य वढनेछन् ।
सुदुरपश्चिममा अहिले रहेकोमा १६ जना वढनेछन् । दोब्बरभन्दा वढी केन्द्रीय सदस्य वढनेछन् ।
















बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया