बुधबार, पुष ९, २०८२

भारत भ्रमणमा रहेकी आरजुको चौथाइवालेसँग भेट

मेरोन्यूज २०७८ पुष १८ गते १४:०५

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले भारतीय जनता पार्टी (बीजेपी) विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छन् ।

भारतको निजी भ्रमणमा रहेकी फस्ट लेडी राणले आइतबार विहान चौथावाईलेसँग भेट गरेकी हुन् । आरजुसँग भेट गरेको तस्विर चौथावाईलेले आफ्नो ट्वीटर अकाउन्टमा पोष्ट गरेका छन् ।

प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदैछन् । गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रतिक्रिया