आइतबार, वैशाख १३, २०८३

प्रदीप पौडेलसहित देउवाले फेरि मनोनयन गरे तीन केन्द्रीय सदस्य

मेरोन्यूज २०७८ पुष १८ गते १४:०९

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले दोस्रो चरणमा फेरि थप तीन जना केन्द्रीय सदस्य मनोनयन गरेका छन् । उनले शनिवार १० जना केन्द्रीय सदस्य मनोनयन गरेको भोलिपल्टै आइतबार महासचिव उम्मेदवार बनेर पराजित भएका नेता प्रदीप पौडेलसहित तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

Advertisement
NiccNicc


यसरी मनोनित हुनेमा पौडेल सहित जीवनवहादुर शाही र कल्याण गुरुङ छन् ।

पौडेल देउवा समूहबाट महामन्त्री उम्मेदवार भएर पराजित भएका थिए। कर्णालीका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाही पनि सहमहामन्त्रीमा पराजित भएका थिए।

त्यस्तै देउवासँगै सभापतिमा पराजित भएका कल्याणकुमार गुरूङलाई पनि देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन्। गुरूङले दोस्रो चरणमा देउवालाई सभापतिमा समर्थन गरेका थिए।

सभापति देउवाले शनिबार रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। देउवाले ३३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।

तर देउवाले यसरी मनोनित गर्दा आफुलाई सहयोग गरेकालाई मात्रै मनोनित गरिरहेका छन् । उनले शेखर कोइरालाको टिममा रहेर चुनाव लडेका र पराजित भएकालाई भने मनोनयन गरिरहेका छैनन ।
यसले देउवा अझै पनि १३ जना सदस्य मनोनयन गर्दा सम्म निश्पक्ष हुन नसकिरहेको आरोप लाग्न शुरु गरिसकेको छ ।

हेर्नुहोस प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा ९१०० बमोजिम श्री जीवनबहादुर शाही, श्री प्रदीप पौडेल र श्री कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिक्रिया