सोमबार, पुष ७, २०८२

माओवादी महाधिवेशन

निर्वाचन समितिमा विष्णुपुकार, लेखामा पेशल र अनुशासनमा टंक राई निर्वाचित

मेरोन्यूज २०७८ पुष १८ गते १७:००

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा निर्वाचन मण्डलका सदस्यलेले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यहरूको नाम प्रस्तुत गरेका छन् । निर्वाचन मण्डलले प्रस्तुत गरेका निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुख र सदस्यको नाम पारित भएको छ ।

निर्वाचनमा विष्णु पुकारलाई निरन्तरता दिइएको छ भने अनुशासनमा टंक राई र लेखामा पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ । ३ वटै आयोगमा २५ सदस्यीय रहने व्यवस्था छ । आयोगका सदस्यहरुलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ । 

यस्तै माओवादी केनद्रको आठौं दिनको महाधिवेशनको बन्दसत्रबाट आर्थिक प्रतिवेदन पनि पारित भएको छ ।

प्रतिक्रिया