मल खरिदमा अर्ब बढीको भ्रष्टाचार
कृषि सामाग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी (मल खरिद) किनेको भन्दै कृषि सामग्री लिमिटेडका कृर्षि सामाग्रीका प्रवन्ध सञ्चालक नेत्रवहादुर भण्डारी समेत १० जना र २ वटा कम्पनीउपर एक अर्व वढी भष्टाचार सहितको मुद्दा दर्ता गराएको छ ।
सरकारले तोकेको मापदण्डभन्दा न्युन गुणस्तरको डीएपी खरिद गरेको भन्दै उनीहरुविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ । आयोगकाअनुसार कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उपप्रबन्धक पुष्कर दिप बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । यस्तै नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, परामर्शदाता भोलानाथ चौधरी तथा उक्त कम्पनीसँग लिमिटेडका तर्फबाट हस्ताक्षर गर्ने मनोज आचार्यविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा विगो दाबी गरिएको छ ।
कृषि सामग्री लिमिटेडले डीएपी परीक्षणका लागि प्रमाणपत्रसमेत अद्यावधिक नगरेको नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसलाई बिना प्रतिस्पर्धा छनोट गरेको आयोगले जनाएको छ ।



















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया