सोमबार, पुष ७, २०८२

एमाले सचिवालय बैठक सुरु, राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाइने

मेरोन्यूज २०७८ पुष १८ गते १८:०४

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारहरूबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा पार्टीको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारहरूबारे छलफल हुने भएकाे हाे ।

एमालेको प्रदेश कमिटीले संभावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका बताइएको छ । प्रदेशबाट आएका नामहरूउपर छलफल गरी बैठकले उम्मेदवारको टुंगो लगाइने एमालेले जनाएको छ । राष्ट्रियसभाका रिक्त रहेका १९ जना सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया