चिकित्सा शिक्षाको स्नातकोत्तर तहका लागि सिट निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि स्नातकोत्तर तहमा सिट निर्धारण गरेको छ । आयोगले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७१२ सिट निर्धारण गरेको छ ।
आयोगले किस्ट मेडिकल कलेजमा ५६, लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ३४, महाराजगञ्ज मेडिकल कलेजमा १३४, महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३२, मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा ३९, मनमोहन मेमोरियल इन्स्टीच्युट अफ मेडिकल साइन्सेजमा १४१, नेशनल मेडिकल कलेजमा ७३, नेप्लीज आर्मी इन्स्टीच्युट अफ हेल्थ साइन्सेजमा ५७, नेपालगञ्ज शिक्षण अस्पतालमा २७, नोबेल कलेजमा २५, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ६२, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६५ सिट निर्धारण गरेको छ ।
यसैगरी, ललितपुर नर्सिङ क्याम्पसमा २८,आयुर्वेद क्याम्पसमा २, हिमालय आइ इन्स्टीच्युटमा ६, जानकी मेडिकल कलेजमा ४, कान्तिपुर डेण्टल कलेजमा ७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, काठमाडौं मेडिकल कलेजमा ७४, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १६९, बिराट मेडिकल कलेजमा २५, चितवन मेडिकल कलेजमा १०६, किस्ट कलेजमा १२, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा ४४, गण्डकी मेडिकल कलेजमा ४०, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजमा ८८ सिट निर्धारण गरेको छ।
पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा।लिमा १६, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३३, पोखरा नर्सिङ क्याम्पसमा १५, पूर्वाञ्चल युनिभर्सिटी अफ स्कुल अफ हेल्थ साइन्सेजमा २०, स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेजमा ४७, श्री मेडिकल एण्ड टेक्नीकल कलेज चितवनमा १०, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ६९ र केयू स्कुल अफ साइन्सेजमा ५० सिट निर्धारण गरिएको आयोगले जनाएको छ ।
सूची हेर्नुहोस् ः
















37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया