चिकित्सा शिक्षाको स्नातकोत्तर तहका लागि सिट निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि स्नातकोत्तर तहमा सिट निर्धारण गरेको छ । आयोगले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७१२ सिट निर्धारण गरेको छ ।
आयोगले किस्ट मेडिकल कलेजमा ५६, लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ३४, महाराजगञ्ज मेडिकल कलेजमा १३४, महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३२, मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा ३९, मनमोहन मेमोरियल इन्स्टीच्युट अफ मेडिकल साइन्सेजमा १४१, नेशनल मेडिकल कलेजमा ७३, नेप्लीज आर्मी इन्स्टीच्युट अफ हेल्थ साइन्सेजमा ५७, नेपालगञ्ज शिक्षण अस्पतालमा २७, नोबेल कलेजमा २५, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ६२, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६५ सिट निर्धारण गरेको छ ।
यसैगरी, ललितपुर नर्सिङ क्याम्पसमा २८,आयुर्वेद क्याम्पसमा २, हिमालय आइ इन्स्टीच्युटमा ६, जानकी मेडिकल कलेजमा ४, कान्तिपुर डेण्टल कलेजमा ७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, काठमाडौं मेडिकल कलेजमा ७४, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १६९, बिराट मेडिकल कलेजमा २५, चितवन मेडिकल कलेजमा १०६, किस्ट कलेजमा १२, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा ४४, गण्डकी मेडिकल कलेजमा ४०, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजमा ८८ सिट निर्धारण गरेको छ।
पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा।लिमा १६, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३३, पोखरा नर्सिङ क्याम्पसमा १५, पूर्वाञ्चल युनिभर्सिटी अफ स्कुल अफ हेल्थ साइन्सेजमा २०, स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेजमा ४७, श्री मेडिकल एण्ड टेक्नीकल कलेज चितवनमा १०, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ६९ र केयू स्कुल अफ साइन्सेजमा ५० सिट निर्धारण गरिएको आयोगले जनाएको छ ।
सूची हेर्नुहोस् ः
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया