ओमिक्रोन भेरियन्ट भित्रिन नदिन स्वास्थ्य कार्यालयलाई सात बुँदे निर्देशन

काठमाडौं । स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ ।
महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यायल र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण भित्रन नदिन प्रभावकारी उपाय अपाउन आग्रह गर्दै सात बुँदे निर्देशन जारी गरेका हुन् ।
उनले ओमिक्रोन भेरियन्ट संक्रामक रहेकाले नेपालमा भित्रन नदिनका लागि सबै निकाय अझ सतर्क र पूर्व तयारीका साथ लाग्नुपर्ने बताए ।
नेपालमा तीन जनामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि भएको छ । महाशाखाले जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुने गर्न र गराउन अनुरोध गरेको छ ।
यस्तै समुदायमा जोखिम क्षेत्र (हटस्पट) पत्ता लगाइ एन्टिजेन किटद्वारा परीक्षण गर्र्न, पहिचान भएका कोभिड–१९ का सङ्क्रमितलाई उचित व्यवस्थापन गर्न, नजिकैका सम्पर्कको पहिचान गरी क्वारेन्टिन तथा कोरोना परीक्षण गर्न समेत निर्देशनमा भनिएको छ ।
यस्तै सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा कोभिड–१९ विरुद्धको खोपको प्रयोगमा वृद्धि गर्न र घरमै आइसोलेशनमा रहेका वा क्वारेन्टिनमा रहेका व्यक्तिको ‘फलोअप’ एवं मापदण्ड पालनाको निगरानी गर्नसमेत भनिएको छ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया