सुख्खा पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो ।
करिब सय मिटर सडकमाथिबाट ढुंगामाटोसहितको सुख्खा पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘सडकमाथिबाट सुख्खा पहिरो आएको छ । पहिरो ठूलो छ,’ उनले भने ।
बुधबार बेलुकीसम्ममा सडक सुचारु गराउने प्रयास भइरहेको उनको भनाई रहेको छ । ‘सडक सुचारु गराउन एउटा स्काभेटरले काम सुरु भइसकेको छ । जलविद्युत आयोजनाका स्काभेटरका लागि पनि समन्वय गरिरहेको छु,’ उनले भने ।
सुख्खा पहिरोले सडक अवरुद्ध हुँदा टिमुरे क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको बनेको छ । विद्युतका तारहरूमा क्षति पुगेको बताइएको छ ।
सडक अवरुद्ध हुँदा रसुवागढी नाकामा आवतजावत गर्ने साना तथा ठूला सवारी रोकिएका छन् । टिमुरे जान लागेका करिब २० वटा मालवाहक सवारी बिचमै रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
















२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया