सुन तस्कर ‘गोरे’का भाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रेड नोटिस जारी गरेको रमेश उप्रेतीलाई दुबई पक्राउ गरी काठमाडौ ल्याइएको छ । इन्टरपोल र दुवई प्रहरीको सहयोगमा साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइ रमेश उप्रेतीलाई नेपाल ल्याइएको हो । नेपाल प्रहरीले इन्टरपोलसँगको सहकार्यमा उप्रेतीलाई दुवईबाट काठमाडौ ल्याएको भएपनि अहिलेसम्म प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
नेपालमा मुद्धा भई विदेशमा बसेका नेपालीहरुलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याउने क्रममा उप्रेतीलाई मंगलबार काठमाडौं ल्याएर गौशला वृत्तमा राखेका छ । उनलाई बुधबार विराटनगर पठाउने तयारी भएको प्रहरी स्रोतले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार अभियुक्त हुन् । प्रहरीले गोरेलाई पक्राउ गरेपनि उनको भाइलाई भने पक्राउ गर्न सकेको थिएन ।
साढे ३३ किलो सुन तस्करीका सबै अभियुक्तहरुले सफाई पाएका बेला प्रहरीले उनलाई दुबईबाट काठमाडौ ल्याएको हो । उनी पनि अदालतबाट छुट्ने निश्चित जस्तै छ । उनी विरुद्ध ज्यान मुद्धा नभएको र सुन तस्करीको मात्रै मुद्धा भएकाले अदालतले धरौटीमा रिहा गर्ने संभावना रहेको छ । २०७४ माघमा चूडामणि उप्रेती ‘गोरे’ को समुहले दुबईबाट ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि लुटपाट भएको थियो । साढे ३३ किलो किलो सुन लुकाएको आरोपमा तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या भएपछि मात्रै सो घट्ना बाहिर आएको थियो ।
त्यसबारे सरकारले तत्कालिन गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति बनाएर अनुसन्धान गरेको थियो । सो छानविन प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले ‘गोरे’का दाजुभाइसहित ६३ जनालाई मुद्धा दायर गरेको थियो । सुन तस्करी प्रकरणमा प्रमाण अभाव भएको भन्दै जिल्ला अदालतले सबैलाई सफाई दिइसकेको छ । अहिलेसम्म सुन तस्करीको मात्रै आरोप लागेका व्यक्तिहरु भने जेलमा छैनन । ज्यान मुद्धा लागेका मात्रै जेलमा रहेका छन् । अदालतले डायरीमा टिपोट गरेको विषयलाई प्रमाणको आधार मान्न नसकिने जनाएको थियो ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया