सुन तस्कर ‘गोरे’का भाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रेड नोटिस जारी गरेको रमेश उप्रेतीलाई दुबई पक्राउ गरी काठमाडौ ल्याइएको छ । इन्टरपोल र दुवई प्रहरीको सहयोगमा साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइ रमेश उप्रेतीलाई नेपाल ल्याइएको हो । नेपाल प्रहरीले इन्टरपोलसँगको सहकार्यमा उप्रेतीलाई दुवईबाट काठमाडौ ल्याएको भएपनि अहिलेसम्म प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
नेपालमा मुद्धा भई विदेशमा बसेका नेपालीहरुलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याउने क्रममा उप्रेतीलाई मंगलबार काठमाडौं ल्याएर गौशला वृत्तमा राखेका छ । उनलाई बुधबार विराटनगर पठाउने तयारी भएको प्रहरी स्रोतले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार अभियुक्त हुन् । प्रहरीले गोरेलाई पक्राउ गरेपनि उनको भाइलाई भने पक्राउ गर्न सकेको थिएन ।
साढे ३३ किलो सुन तस्करीका सबै अभियुक्तहरुले सफाई पाएका बेला प्रहरीले उनलाई दुबईबाट काठमाडौ ल्याएको हो । उनी पनि अदालतबाट छुट्ने निश्चित जस्तै छ । उनी विरुद्ध ज्यान मुद्धा नभएको र सुन तस्करीको मात्रै मुद्धा भएकाले अदालतले धरौटीमा रिहा गर्ने संभावना रहेको छ । २०७४ माघमा चूडामणि उप्रेती ‘गोरे’ को समुहले दुबईबाट ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि लुटपाट भएको थियो । साढे ३३ किलो किलो सुन लुकाएको आरोपमा तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या भएपछि मात्रै सो घट्ना बाहिर आएको थियो ।
त्यसबारे सरकारले तत्कालिन गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति बनाएर अनुसन्धान गरेको थियो । सो छानविन प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले ‘गोरे’का दाजुभाइसहित ६३ जनालाई मुद्धा दायर गरेको थियो । सुन तस्करी प्रकरणमा प्रमाण अभाव भएको भन्दै जिल्ला अदालतले सबैलाई सफाई दिइसकेको छ । अहिलेसम्म सुन तस्करीको मात्रै आरोप लागेका व्यक्तिहरु भने जेलमा छैनन । ज्यान मुद्धा लागेका मात्रै जेलमा रहेका छन् । अदालतले डायरीमा टिपोट गरेको विषयलाई प्रमाणको आधार मान्न नसकिने जनाएको थियो ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया