न्यायाधीश विनोद गौतमलाई पक्राउ पूर्जी जारी
मेरोन्यूज
२०७८ पुष २० गते २०:०५

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले न्यायाधीश विनोद गौतमलाई पक्राउ पूर्जी जारी गरेको छ । बालुवाटारस्थित सरकारी निवासको जग्गा हिनामिनासम्बन्धि मुद्दाको अनुसन्धानको क्रममा गौतमलाई पक्राउ पूर्जी जारी गरेको स्रोतले जनाएको हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्दा बढी करिब तीन सय जनाविरुद्ध आरोप पत्र बनाइरहेको सिआइबीले केही व्यक्तिहरुलाई पक्राउ पूर्जी जारी गर्ने क्रममा न्यायाधीश गौतमलाई पक्राउ पूर्जी जारी गरेको हो । उनी यसअघि नै निलम्बनमा परिसकेका छन् ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा हालसम्म २ सय १० जना विरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा गौतमलाई केही दिन अघि मात्रै पक्राउ पूर्जी जारी गरेको सिआइबी स्रोतले जनाएको छ । उनी भौतिक योजना मन्त्रालयमा कानुन सचिव हुँदा वालुवाटार जग्गा काण्डमा मुछिएका थिए ।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया