लिभरपुल र आर्सनलको खेल स्थगित

काठमाडौं । खेलाडी र कर्मचारीमा कोभिड-१९ संक्रमण पुष्टि भएपछि बिहीबारका लागि तय लिभरपुल र आर्सनलबीच इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनल पहिलो लेग स्थगित भएको छ ।
लिभरपुलका मुख्य प्रशिक्षक यर्गेन क्लोप कोभिड १९ संक्रमण पुष्टि भएपछि शनिबारबाटै आइसोलेसनमा छन् । बुधबार मात्र लिभरपुलका सहायक प्रशिक्षक पेपिजिन लिजनडर्सलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।
लिभरपुलले मंगलबार आफ्नो टोलीका धेरै खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टि भएकाले आर्सनलविरुद्धको खेल तत्कालका लागि रद्द गर्न आग्रह गरेको थियो । लिभरपुलले मंगलबारबाटै प्रशिक्षण बन्द गरिसकेको थियो ।
‘दुवै क्लबसँगको पटक पटकको छलफलपछि बिहीबारका लागि तय लिभरपुल र आर्सनलबीचको खेल तत्कालका लागि स्थगित गर्दै नयाँ मिति तय गरिएको छ,’ इएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,’ ‘लिभरपुल र आर्सनलबीचको सेमिफाइनल पहिलो लेग जनवरी १३ र दोस्रो लेग जनवरी २० मा हुनेछ ।’
आज राती हुने पहिलो सेमिफाइनलमा चेल्सीले स्टामफोर्ड ब्रिजमा टोटनहमको सामना गर्नेछ ।


















गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया