लिभरपुल र आर्सनलको खेल स्थगित

काठमाडौं । खेलाडी र कर्मचारीमा कोभिड-१९ संक्रमण पुष्टि भएपछि बिहीबारका लागि तय लिभरपुल र आर्सनलबीच इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनल पहिलो लेग स्थगित भएको छ ।
लिभरपुलका मुख्य प्रशिक्षक यर्गेन क्लोप कोभिड १९ संक्रमण पुष्टि भएपछि शनिबारबाटै आइसोलेसनमा छन् । बुधबार मात्र लिभरपुलका सहायक प्रशिक्षक पेपिजिन लिजनडर्सलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।
लिभरपुलले मंगलबार आफ्नो टोलीका धेरै खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टि भएकाले आर्सनलविरुद्धको खेल तत्कालका लागि रद्द गर्न आग्रह गरेको थियो । लिभरपुलले मंगलबारबाटै प्रशिक्षण बन्द गरिसकेको थियो ।
‘दुवै क्लबसँगको पटक पटकको छलफलपछि बिहीबारका लागि तय लिभरपुल र आर्सनलबीचको खेल तत्कालका लागि स्थगित गर्दै नयाँ मिति तय गरिएको छ,’ इएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,’ ‘लिभरपुल र आर्सनलबीचको सेमिफाइनल पहिलो लेग जनवरी १३ र दोस्रो लेग जनवरी २० मा हुनेछ ।’
आज राती हुने पहिलो सेमिफाइनलमा चेल्सीले स्टामफोर्ड ब्रिजमा टोटनहमको सामना गर्नेछ ।










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया