रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार राति भएको छुट्टाछुट्टै खेलमा जित हात पार्दै दुई क्लब प्रि–क्वाटरफाइनलमा प्रवेश गरे ।
भ्रमणकारी टोली रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३-१ ले पराजित गर्याे । रियलको जितमा इडर मिलिसाओ र मार्को एसेन्सियोले गोल गर्दा एक गोल घरेलु टोलीका ड्यानी भेगाको आत्माघाति रह्यो । एल्कोयानोको लागि ड्यानी भेगाले एक गोल गरे ।
अर्काे खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लिनरस डिपोर्टिभोलाई २–१ अन्तरले पराजित गर्याे । पुनरागमन जित निकाल्ने क्रममा बार्सिलोनाको लागि औसमाने डेम्बेले र फेरान जटग्लाले एक-एक गोल गरे ।
यसअघि डिपोेर्टिभोका हुगो डिआजले १९औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । डेम्बेलेले ६३ मिनेटमा बराबरीको अवस्थामा ल्याए । फेरानले ६९ मिनेटमा विजयी गोल गरे ।
बार्सिलोनाका ब्राजेलियन डिफेण्डर ड्यानी अल्भेसले यसै खेलमार्फत दोस्रो पटक डेब्युसमेत गरेका छन् ।


















अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया