बढ्यो कोरोना, एकैदिन ५४० संक्रमित थपिए

काठमाडौ । नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ ।
लामो समयदेखि कोरोना सङ्क्रमितको संख्या स्थिर रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमितको संख्या ह्वात्तै बढेको हो ।
पछिल्लो २४ घण्टाभित्रमा मात्रै ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २०९ जनाको पीसीआर परीक्षणमा ४७८ र ४ हजार ८९० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकामा ३ सय १० संक्रमित थपिए
काठमाडौँ उपत्यकाका मात्रै एकै दिन ३१० जना संक्रमित थपिएका छन् ।
काठमाडौँ जिल्लामा मात्र पछिल्लो २४ घण्टामा २ सय २१ जना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै, ललितपुरमा ५९ तथा भक्तपुरमा ३० जनामा सङ्क्रमण पुष्टि भएको छ ।















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया