आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशीफल

आज वि.सं. २०७८ साल पौष महिनाको २३ गते शुक्रबार, पौष शुक्लपक्षको पञ्चमी तिथि रहेको छ ।
मेष
पेशागत जीवन स्थिर खालको हुने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद र असमझदारी आउने भएकाले संयमित रहनुहोला । आम्दानीको हकमा औसत रहने छ । यसले गर्दा दबाब सृजना हुने छ । कमाई बढाउनका लागि अस्वाभाविक दबाब लिने समय नभएकाले जे जति प्राप्त भएको छ त्यसमा सन्तुष्टि लिनु नै उपुक्त होला । अध्ययन अध्यापनमा भने प्रगति हुने छ ।
वृष
मनोबल कमजोर हुने छ । धैर्यताका साथ पाइला चाल्नु उपयुक्त हुने छ । शारीरिक र मानसिक कमजोरीले सताउने छ । यसको सन्तुलनका लागि नियमित रुपमा शारीरिक ब्यायाम, योगाभ्यास, ध्यान, जप, प्रकृतिक भ्रमण जस्ता कार्य गर्नु भएमा लाभ मिल्ने छ । पारीवारिक सदस्यहरुका बीच पनि द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा धेरै संघर्ष गर्नु पर्ने छ । पेशागत जीवनम धेरै बादबिबादमा नजानु नै उपयुक्त हुने छ ।
मिथुन
पेशागत क्षेत्र अनुकुल रहने छ । आम्दानीमा बृद्धि देखिने छ । व्यक्तित्वमा दृढता आउने छ । तर सानो सानो विषयमा पनि कडाखाले रिस उठ्ने व्यक्तित्व हुने भएकाले यसबारेमा संयमित रहनु होला । मेहनत र पराक्रमीपनामा मन दृढ हुने भए पनि सो अनुसार शारीरिक शक्ति प्राप्त नहुँदा मेहनत र पराक्रममा असन्तुलन पैदा हुने छ । परिवारप्रति समर्पित हुन स्वाभाव हुने छ ।
कर्कट
भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिसँग जुध्न तागत आउने छ । धन सम्पत्तिका विषयमा कलहको अवस्था आउने भएकाले सतर्क रहनु नै वेश हुने छ । पेशागत जीवनमा मनले चाहे जस्तो वा योजना बनाए जसरी सफलता नआउने भएकाले चित्त बुझाउँदै पाइला निरन्तर चाल्नु नै वेश होला । आम्दानीमा कमि आउँदा परिवारको आर्थिक सन्तुलनमा अस्थिरता आउने छ ।
सिंह
बोलीको प्रभाव बढ्न पुग्ने छ तर बोलीमा असाध्यै कडापना पनि बढ्न जाने भएकाले यसबारेमा ध्यान दिनुहोला । मानसिक रुपमा सवल हुने भए पनि शारीरिक रुपमा भने स्वास्थ्यमा कमजोरी देखा पर्न जाने छ । यसले गर्दा मनोबल कमजोर हुने र दृढताको अभाव हुने हुँदा कार्यसफलतामा कमि आउने छ । पेशागत जीवन औसत खालको रहँदा राहत मिल्ने छ ।
कन्या
शारीरिक र मानसिक रुपमा कमजोरीहरु देखा पर्ने छन् । व्यक्तित्वमा गिरावट आउने छ । पेशागत जीवन औसत रहने भएता पनि आम्दानीमा भने केही बृद्धि हुन जाने छ । भाग्यको साथको नभएका कारण स–साना विषयमा पनि धेरै संघर्ष झेल्नु पर्ने र धेरै उर्जा खर्च गर्नुपर्ने हुन्छ । दाम्पत्य जीवनमा पनि चुनौति थपिने भएकाले शान्त भावले पाइला चालेमा उचित हुने छ ।
तुला
मानसिक सवलता हुने छ, आफुले सोचेको विषयमा संकल्पित व्यक्तित्व हुने छ । सो अनुसारको शारीरिक मजबुदी नहुने भएकाले मनोबलको अभाव हुने छ । शारीरिक हिसावले शिथिलता देखा पर्ने छ । व्यक्तित्वमा दृढता नहुँदा अरुले हेप्ने छन् । पेशागत जीवनमा उचार चढावको सामना गर्नु पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने हुँदा यसको सन्तुलनका लागि शारीरिक अभ्यास, संगीत श्रवण, योगाभ्यास, ध्यान, जप आदी गर्नाले फाइदा मिल्ने छ ।
वृश्चिक
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । पेशागत जीवनमा अनपेक्षित समस्याका क्रमहरु एकपछि अर्काे गरि देखा पर्ने छन् । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहे पनि शारीरिक रुपमा कमजोरी हुने हुँदा मनोबलमा गिरावट आउने छ । धेरै जोखिमपूर्ण लगानीका क्षेत्रहरुमा हात हाल्ने समय रहेको छैन् । यसले प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट गराई दिने छ । परिवारमा अशान्तिको अवस्था रहने छ ।
धनु
दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । जुनसुकै कठिन समयमा पनि संघर्ष गर्ने साहस आउने छ । साझेदारीमा गरिएका कामले भने तनाव थप्ने छ । जीवनसाथिको शारीरिक स्वास्थ्यमा आउने गडबढिले तनाव उत्पन्न गराउने छ । यौन जीवनसँग सम्बन्धित विषयमा संयमित रहनु नै ठिक हुने छ । पेशागत जीवनमा अस्थिरता देखाका क्रम देखिने छ । आम्दानीमा चित्त बुझाउनु पर्ने छ ।
मकर
समय प्रतिकुलतर्फ केन्द्रीत रहेकाले संयमित रहनु होला । पारीवारिक तनावहरु उत्पन्न हुन जाने छन् । परिवारका सदस्यहरुबीच झगडा र द्वन्द आउने छ । व्यक्तिगत हिसावले शितल स्वाभाव चरित्र हुने भए पनि पारीवारिक जीवनमा भने असन्तोषको वातावरण देखा पर्न जाने छ । भाग्यको साथ नरहेकाले कार्यसफलतामा बाधा व्यवधानहरुको सामना गर्नु पर्ने छ ।
कुम्भ
दुविधात्मक व्यक्तित्व बन्ने छ । भाग्यहिनताका कारण कार्य असफलताका मात्राहरु देखा पर्ने छन् । व्यावसायिक तथा पेशागत जीवनमा उतारचढाव आउने छ । आम्दानीमा हुने बृद्धिले केही राहत प्रदान गर्ने छ । यानेकी आर्थिक अवस्था भने सन्तुलित नै रहने छ । पैतृक सम्पत्ति तथा आफुले कमाएको धन सम्पत्तिका विषयमा भने द्वन्दहरु देखा पर्ने छ ।
मीन
कमजोर खालको मनोबल हुने छ । आफैले आफैमाथि विश्वासको अभाव हुने छ । मनोवलको अभावले गर्दा भाग्यहिनताको अवस्था महशुस हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि हुने हुँदा प्रतिष्पर्धाका विषयमा डर लाग्ने छ । पेशागत क्षेत्रमा भने ठिक नै रहने हुँदा यसले ठुलो राहत दिने छ । साझेदारीमा गरिएका काममा बिबाद चर्किने छ । दाम्पत्य जीवनमा एकअर्कामा विश्वासको मात्रा बढ्ने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया