इटलीबाट भारत आएको विमानका १२५ यात्रु संक्रमित, १३ जना फरार
मेरोन्यूज
२०७८ पुष २३ गते ११:५६
काठमाडौँ । भारतमा इटालीबाट आएको एउटा विमानमा सवार यात्रुमध्ये १२५ यात्रुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । इटालीको मिलानबाट भारतको अमृतसार आएको विमानका संक्रमितमध्ये १३ यात्रु क्वारेन्टिन नबसी भागेका छन् ।
नौ जना विमानस्थल र अन्य चार जना एउटा स्थानीय अस्पतालबाट भागेका हुन् । उनीविरुद्ध सरकारले उजुरी हाल्ने तयारी गरेको छ ।
उक्त विमानमा १६० यात्रु थिए । उनीहरुमध्ये बालबालिका र शिशु गरी १९ जनाको भने कोभिड परीक्षण गरिएको थिएन् । संक्रमितलाई अस्पताल लैजान विमानस्थलमा एम्बुलेन्सहरु लाइनमा राखिएका थिए । सबै संक्रमितलाई गुरु नानक देव अस्पतालमा भर्ना गरिएको थियो ।
उनीहरु स्वास्थ्यकर्मीलाई छक्काएर भागेको अधिकारीहरुले जनाएका छन् । अस्पतालबाट भाग्ने संक्रमितको पासपोर्ट रद्द गर्ने प्रहरीले तयारी गरेको छ ।
सम्बन्धित
















परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया