मंगलबार, पुष १५, २०८२

गैरकानूनी अनलाइन र नेटवर्किङ ब्यवसायीलाई कारबाही गर्ने गृहको चेतावनी

मेरोन्यूज २०७८ पुष २३ गते १८:४५

काठमाडौँ । गृह मन्त्रालयले गैरकानूनी तारिकाले सञ्चालित अनलाइन र नेटवर्किङ व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रवार गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत बिना अनुमति विद्युतीय कारोबार फस्टाउँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएको हो ।

गैर कानुनी रूपमा सञ्चालित अनलाइन मार्फत गरिने व्यवसाय, बैङ्किङ, सहकारी, बिमा र अनलाइन गेमिङबारे निगरानी र नियन्त्रण गरिने मन्त्रालयले जनाएको छ ।

‘इजाजत प्राप्त बाहेक गैर कानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ ।’– विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया