सिडियो र प्रहरी प्रमुखले एकसाथ जिल्ला छाड्न नपाउने
मेरोन्यूज
२०७८ पुष २३ गते २१:२३

काठमाडौं । प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखले एकैसाथ जिल्ला छाड्न नपाउने भएका छन् ।
गृह मन्त्रालयले परिपत्र गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न निर्देशन दिएको हो ।
गृह मन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिए ।
गृह मन्त्रालयमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको आठौं विभागीय अधिवेशनको उद्घाटन समारोहमा उनले एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिए ।
गृह मन्त्रालय अरू मन्त्रालय जस्तो नभई चौबिसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको भन्दै गृहमन्त्री खाँणले असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरेका थिए ।
सम्बन्धित
















अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
मनोहराको सुकुमवासी बस्ती भत्काइँदै
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया