बिहीबार, जेठ १, २०८२

सिडियो र प्रहरी प्रमुखले एकसाथ जिल्ला छाड्न नपाउने

मेरोन्यूज २०७८ पुष २३ गते २१:२३

काठमाडौं । प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखले एकैसाथ जिल्ला छाड्न नपाउने भएका छन् ।

गृह मन्त्रालयले परिपत्र गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न निर्देशन दिएको हो ।

गृह मन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिए ।

गृह मन्त्रालयमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको आठौं विभागीय अधिवेशनको उद्घाटन समारोहमा उनले एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिए ।

गृह मन्त्रालय अरू मन्त्रालय जस्तो नभई चौबिसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको भन्दै गृहमन्त्री खाँणले असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरेका थिए ।

प्रतिक्रिया