बुधबार, पुष २, २०८२

खरमा जलेर महिलाको मृत्यु

मेरोन्यूज २०७८ पुष २४ गते १०:३०

काठमाडौँ । घर नजिकै थुपारेर राखेको खरमा आलागी हुँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ । घर छाउन थुपारेर राखिएको खरमा आगोलागी हुँदा जन्तेढुंगा गाउँपालिका ४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियारको मृत्यु भएको हो ।

खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगोलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खोटाङ बजार र चिसापानीको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया