सचेतना जगाउन विद्यालय पुगे सिडिओ र एसपी

काठमाडौँ । बाल विवाह न्यूनीकरण र लागु औषध दुव्र्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । राजबिराज नगरपालिका १६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुगेका हुन् ।
सिडिओ जनार्दन गौतमले बाल विवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताए । बालविवाहले निम्त्याउने असर र यसको न्यूनीकरणका लागि विद्यार्थीले निर्वाह गर्न सक्ने भूमिकाबारे उनले जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले समाजमा विद्यमान बाल विवाह र लागु औषध दुव्र्यसनको अवस्था र कानूनी प्रावधानबारे जानकारी गराउना यस विषयमा प्रहरीको आगामी योजनाबारे चर्चा गरे ।
समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा राजविराज १६ का वडाध्यक्ष बुचाई दास, विद्यालयका शिक्षक र विद्यार्थीहरूले सचेतनामूलक कार्यक्रम निरन्तर गरिनु पर्नेमा जोड दिए ।
केन्द्रका अध्यक्ष हितनारायण लाल दासको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी, स्थानीय गाउँका बुद्धिजिवी, नागरिक समाजका अगुवाको सहभागिता थियो ।
















दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
मनोहराको सुकुमवासी बस्ती भत्काइँदै
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया