जबरजस्तीकरणी घटना मिलापत्र गराउने वडा सदस्यसहित ५ जना पक्राउ

कैलाली । कैलालीमा जबरजस्तीकरणी घटना मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरबाट वडा सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने वर्ष ५३ का वडा नम्बर ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, वडा सदस्य वर्ष ५४ का लक्ष्मी रुद्र न्यौपाने, वर्ष ४३ का शिक्षक होमप्रसाद सुबेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुबेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको छ ।
मिलापत्र गर्ने अन्य केही जना प्रहार रहेको बताइन्छ । मसिर १५ गते सोही ठाउँकी ७७ वर्षीया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुबेदीले खेतमा लगेर जबरजस्तीकरणी गरेको बुझिएको छ ।
घटना बाहिरिने डरले अर्को दिन पीडित पक्षलाई तीन लाख दिने भनेर मिलापत्र गरेका थिए । तर ३ लाखमध्ये १ लाख नदिँदा घटना करिब एक महिनापछि बाहिरी हो ।
उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनीहरूमाथि अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी
शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया