साउदी राजकुमारी तीन वर्षपछि रिहा

रिहयाद । साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो ।
उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म सरकारले केही जानकारी नदिएको बीबीसीले जनाएको छ ।
उनले संबैधानिक सुधार र मानवअधिकारका पक्षमा बारम्बार आवाज उठाएकाले सोही कारण कारागार राखिएको हुन सक्ने केहीले अनुमान गरेका छन् ।
उनको पूर्वयुवराज मोहमदा विन नायफसँगको सम्बन्धका कारण जेल चलान गरिएको हुन सक्ने केहीको अनुमान छ । राजकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि रिहा गरिएको प्राप्त पछिल्लो विवरणमा जनाइएको छ ।
आफ्नो स्वास्थ्यमा थप समस्या देखिएको भन्दै गत अप्रिलमा ५७ वर्षीय बास्माले साउदी राजा सलमान र युवराज मोहमदा विन सलमानसमक्ष रिहाईका लागि अनुरोध गरेकी थिइन् ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया