ओमिक्रोनपछि साइप्रसमा नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटियो
मेरोन्यूज
२०७८ पुष २६ गते ८:४१

निकोसिअ । साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्रमुख लियोडियोसले बताए ।
कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीमा नयाँ संक्रमण दर बढ्दो छ । यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो । जीआइएसएआईडी एउटा अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ ।
नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् ।
-एजेन्सी
सम्बन्धित
















चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया