‘तत्काल लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छैन’
अहिले नै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरे संक्रमणलाई रोक्न सकिन्छ :डा.अधिकारी

काठमाडौं । केही दिनदेखि भारतमा तिब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । त्यसको असर नेपालमा पनि देखिन थालेको छ । काठमाडौं उपत्यकामा पछिल्लो एक सातायता संक्रमण तीव्र फैलिएकाे तथ्याकंले नै देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल कुनै प्रकारको लकडाउन गर्ने पक्षमा नरहेको सहप्रवक्ता डाक्टर समीर अधिकारीले बताए ।
उनले स्वास्थ्य प्रणाली नै धरासायी बन्ने स्थिति आइपर्यो भने मात्र लकडाउनको रणनीतिमा जानुपर्ने बताए।
उनका अनुसार तत्काल सबै क्षेत्र बन्द गर्ने कुरा मन्त्रालयले सिफारिस गरेको छैन । पूरा बन्दाबन्दी गरेर मान्छेलाई घरमै थुन्नेबारे सरकारले अहिले सोचेको पनि छैन। अहिले पनि जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरे संक्रमणलाई रोक्न सकिने भन्दै एउटै समयमा धेरै बिरामी पर्ने अवस्था कम गर्ने सके अहिले आइसियू बेडलगायत स्रोत साधनले पुग्ने बताए।
अहिले देशभर झन्डै २८ सय आइसियू बेड र एक हजार भेन्टिलेटर तयारी अवस्थामा रहेका छन्।
‘जुन संख्या दोस्रो लहरको भन्दा दोब्बर बढी हो। गत वैशाखयता दोस्रो लहर सुरू हुँदा र उत्कर्षमा पुग्दासमेत देशभर एक हजारको हारहारीमा आइसियू बेड थिए,’ उनले भने, ‘जनस्वास्थ्यको मापदण्ड पालना गर्न सके त्यसपश्चात आउने समस्यालाई अहिले भएका स्रोतले धान्नसक्छ ।’
संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि तत्काल लकडाउन गर्नु नपर्ने बताए। उनले अहिले फैलिरहेको संक्रमण छिटो फैलिए पनि त्यसले घातक बनाउने सम्भावना निकै कम रहेको बताए ।
यता, संक्रमण फैल्न कसरी रोक्ने विषयमा उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ )हरू निरन्तर छलफलमा छन्।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कक्षा १० सम्मका सबै विद्यालय आगामी माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। साथै २५ जना बढी मानिस एकै ठाउँ जम्मा नहुन र सार्वजनिक स्थलहरूमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन भनेको छ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया