ललिता निवास कीर्ते : अनुसन्धान नपुगेको भन्दै सीआईबीको प्रतिवेदन फिर्ता

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को प्रतिवेदन फिर्ता गएको छ । सिआईबीको कीर्तेसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले फिर्ता पठाइदिएको हो ।
सीआईबीको टोलीले सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा लगेको भन्दै उच्च पदका व्यक्तिसहित करिब तीन सय जनालाई दोषी ठहर गरिएको थियो । सोहीअनुरुप ती व्यक्तिहरूमाथि मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, कार्यालयले अनुसन्धान अपुग भएको भन्दै प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाइदिएको हो । कार्यालयका अनुसार थप अनुसन्धान गर्नु पर्ने भएकाले प्रतिवेदन फिर्ता पठाइएको हो ।
सीआईबीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको ललिता निवास कागजात कीर्ते गरी व्यक्तिको नाममा लगेको भन्दै मुख्य अभियुक्तमध्येका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पुस ७ गते पक्राउ गरिसकेको छ ।
यो पनि पढ्नुहोस्
खातीका कारण ललिता निवास प्रकरण त्यत्तिकै ढिसमिस हुने सम्भावना











आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया