ललिता निवास कीर्ते : अनुसन्धान नपुगेको भन्दै सीआईबीको प्रतिवेदन फिर्ता

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को प्रतिवेदन फिर्ता गएको छ । सिआईबीको कीर्तेसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले फिर्ता पठाइदिएको हो ।
सीआईबीको टोलीले सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा लगेको भन्दै उच्च पदका व्यक्तिसहित करिब तीन सय जनालाई दोषी ठहर गरिएको थियो । सोहीअनुरुप ती व्यक्तिहरूमाथि मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, कार्यालयले अनुसन्धान अपुग भएको भन्दै प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाइदिएको हो । कार्यालयका अनुसार थप अनुसन्धान गर्नु पर्ने भएकाले प्रतिवेदन फिर्ता पठाइएको हो ।
सीआईबीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको ललिता निवास कागजात कीर्ते गरी व्यक्तिको नाममा लगेको भन्दै मुख्य अभियुक्तमध्येका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पुस ७ गते पक्राउ गरिसकेको छ ।
यो पनि पढ्नुहोस्
खातीका कारण ललिता निवास प्रकरण त्यत्तिकै ढिसमिस हुने सम्भावना
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया