मानिसको शरीरमा सुँगुरको मुटु सफल प्रत्यारोपण

काठमाडौं । विश्वमै पहिलो पटक सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण गरिएको छ । टर्मिलन मुटुरोग भएका अमेरिको मेरिल्याण्ड निवासी ५७ बर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण सफल भएको बिबिसीले जनाएको छ । यो मुटु प्रत्यारोपण गर्ने विश्वकै ति पुरुष पहिलो व्यक्ति बनेका छन्।
प्रयोगात्मक शल्यक्रियाका लागि मेरिल्याण्ड विश्वविद्यालयलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले आपतकालीन अनुमति दिएको थियो।
विश्व विद्यालयले जारी गरेको विज्ञप्ति अनुसार शल्यक्रियाअघि बेनेटले सुँगुरबाट मुटु लिनु आफ्नो अन्तिम छनोट भएको बताएका थिए ।‘कि मेरो मृत्यु भयो कि प्रत्यारोपण सफल भयोु शल्यक्रियाको अघिल्लो दिन बेनेटले भनेका थिए, ‘यो अँध्यारोमा हानिएको एउटा गोली हो, तर यो मेरो अन्तिम छनोट हो।’
मानिसको शरीरमा सुँगुरको मिर्गौला सफल प्रत्यारोपण
यसअघि अमेरिकाकी सुँगुरको मृगौला एक महिला प्रत्यारोपण गरिएको थियो । ति मृगौलामा समस्या देखिएकी महिलामा प्रत्यारोपणभन्दा पहिले असामान्य ‘क्रिएटिनाइन लेभल’ रहेको थियो । जुन कमजोर मिर्गौलाको संकेत हो । तर, सुँगुरको मिर्गौला प्रत्यारोपण गरिसकेपछि भने सो स्तर सामान्य अवस्थामा फर्किएको शल्यक्रियाको नेतृत्व गरेका डाक्टर रोबर्ट मोन्टगोमेरीले जानकारी दिएका थिए ।
अमेरिकामा अहिले पनि १ लाख १० हजार भन्दाबढी व्यक्तिहरु अंग प्रत्यारोपणको पर्खाइमा रहेको अमेरिकाको सरकारी तथांकले देखाउँछ । हरेक वर्ष करिब ६ हजार बिरामीहरुको अंग प्रत्यारोपण गर्न नपाएर मृत्यु हुन्छ ।बिबिसी


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया