उपाधि होडमा मनाङ र मछिन्द्र, गोल्डेन बुटको दौडमा थपिए आफिज

कास्की । पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबविरुद्ध पाएको ५ – ० को जितनै जारी सहिद स्मारक ए डिभिजन लिग – २०७८ को ठुलो अन्तर जित रह्यो । सोही खेलमा मनाङका विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गरे ।
योसँगै आफिज जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भने । नाइजेरियाका यी खेलाडीले जारी लिगमा पाँच गोल गरे । मछिन्द्रका सुनिल बलले समेत पाँच गोल गरेका छन् ।
अब, लिगमा गोल्डेन बुटको दौडमा यी नै दुई खेलाडी रहे । दुई खेलाडीलाई पछ्याउने क्रममा अर्का ह्याट्रिककर्ता संकटाका अजयी मार्टिन्स, एपीएफ फुटबल क्लबका आशिष लामा रहे ।
जारी लिगमा आठ मध्ये सात खेलमा पूरा समय खेलेका आफिजले च्यासलविरुद्ध ह्याट्रिक गर्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्सविरुद्ध एक एक गोल गरे । संकटा र नेपाल पुलिस क्लबविरुद्ध दुई पहेँलो कार्ड पाएपछि मछिन्द्र फुटबल क्लबविरुद्ध भने आफिज निलम्बनमा परे ।
संकटाका डिफेण्डर निरज बस्नेतसहित १० खेलाडीले तीन गोल गरेका छन् । दुई गोल गर्नेमा १० खेलाडी छन् । यस्तै एक गोल गर्ने खेलाडी ३५ जना रहँदा आत्माघाती गोल गर्ने खेलाडी चार छन् ।
आठौं चरणको खेल सकिँदा ६३ खेलाडीले १०७ गोल गरे । जहाँ ५६ खेल भए । सिंगल राउण्ड रोबिनको लिगमा ९१ खेल हुनेछन् । जहाँ दुई टोली रेलिगेशन हुनेछन् भने एक टोली विजेता हुनेछ । यसपटक समयमै लिग नहुँदा सातौँ चरणमा शीर्षस्थानमा रहँदा मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप(२०२२ छनोटमा स्थान बनायो ।
आठौँ चरणमा सातमध्ये तीन खेल नतिजाविहीन रह्यो । विभागीय एपीएफ फुटबल क्लब र जावलाखेलले गोलरहित बराबरी खेले भने नेपाल पुलिस र ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० तथा संकटा र सातदोबाटोले १(१ गोलको बराबरी खेले । सातौँ चरणमा कुल १३ गोल भए ।
फ्रेन्ड्सविरुद्ध पाएको आत्माघाती गोलसँगै मछिन्द्र क्लब शीर्ष स्थानमा २० अंकसहित छ ।
च्यासलविरुद्ध पाँच गोल गरेको मनाङ गोल अन्तर बढाउँदा १९ अंकसहित दोस्रो स्थानमा छ । समान १४ अंकका संकटा र आर्मी तेस्रो र चौथो स्थानमा छ ।
१३ अंकको थ्री स्टार पाँचौं स्थानमा छ भने ११ अंकको हिमालयन शेर्पा क्लब छैटौँ स्थानमा छ । १० अंकको एनआरटी साँतौ स्थानमा रहँदा सातदोबाटो आठौं, जावलाखेल नवौं, एपीएफ १० औं र एपीएफ ११ औं स्थानमा रहँदा ब्रिगेड १२ औं स्थानमा छ ।
पाँच अंकको च्यासल युथ र तीन अंकको फ्रेन्ड्स १४ औं स्थानमा छ ।
नवौं चरणको खेल आगामी शुक्रबारबाट सुरु हुनेछ ।
सातौँ चरणको नतिजाः
संकटा क्लब १(१ सातदोबाटो युथ क्लब
एपीएफ फुटबल क्लब ०-० जावलाखेल युथ
मछिन्द्र फुटबल क्लब १-० फ्रेन्ड्स
मनाङ मस्र्याङ्दी क्लब ५-० च्यासल युथ क्लब
न्युरोड टिम एन आ टी ०-१ त्रिभुवन आर्मी फुटबल क्लब
थ्रीस्टार क्लब २-० हिमालयन शेर्पा क्लब
नेपाल पुलिस क्लब १-१ ब्रिगेड ब्वाईज क्लब

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया