ललितपुरमा सार्वजनिक सवारीमा कडाई

काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढेपछि ललितपुर जिल्लमा सार्वजनिक सवारीमा कडाई गरिने भएको छ ।
ललितपुरमा सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेसँगै प्रहरीले कडाई गर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मंगलबार राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको छ ।
प्रशासनले सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने लगायतको मापदण्ड बनाएको छ ।
यस्तै, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने तथा दैनिक रुपमा सवारी साधनलाई सेनिटाइजर गर्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया