आइतबार, पुष ६, २०८२

असिना पानीले तरकारी र हिउँदे बाली नष्ट

मेरोन्यूज २०७८ पुष २८ गते ११:३५

काठमाडौँ । बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदे बाली नष्ट गरेको छ । सोमबार तथा मंगलबार परेको असिनाले कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदे बालीमा नोक्सानी गरेको बडिकेदार ४ का स्थानीयबासी बमबहादुर पनाडीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्‍याएको छ ।

यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई असिनाले क्षति गरेको स्थानीयबासी बताउँछन् । सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ ।

प्रतिक्रिया