महोत्तरीका शिक्षण संस्था धमाधम बन्द हुन थाले

महोत्तरी । संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विध्यालय धमाधम बन्द हुन थालेका छन् । कतिपय क्याम्पसमा सिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा बन्द भएका छन् ।
देशैभर कोरोनाको तेस्रो लहर सुरू भएको चिकित्सकहरूले बताइरहेको बेला यसको असर महोत्तरीमा पनि देखिएको छ । भाइरसको जोखिम न्यूनिकरण स्वरुप सरकारले सरकारी तथा निजी विद्यालयका बालबालिकालाई समेत मेर्डना खोप दिन थालेको छ ।
जिल्लाका करिब ९० प्रतिशत विद्यालयमा पुगेर विद्यार्थीहरूलाई खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
सबैभन्दा जोखिम विद्यालय, क्याम्पसमा पर्न सक्ने भन्दै जिल्लाका सामुदायिक तथा सरकारी विध्यालयहरू आजैदेखि बन्द गरिएको छ भने निजी विद्यालय १ माघपछि बन्द गरिने महोत्तरी प्याब्सन, एनप्याबसनको तयारी छ ।
कतिपय विद्यालयले भर्चुअल विधिबाट कक्षा लिनसमेत सुरु गरिसकेका छन् । तर, सरकारले अचानक गरेको निर्णयले निजी विद्यालयमा झन समस्या थपेको महोत्तरी प्याबसनको गुनासो छ ।
यदि सरकारले अनुमति दिए जोखिमरहित वातावरणमा कक्षा संचालन गर्न तयार रहेको उनीहरूको भनाइ छ । महोत्तरीमा ६२ भन्दा बढी निजी विद्यालय छन भने पाँच सयको हाराहारीमा सरकारी तथा सामुदायिक विद्यालय रहेका छन् ।













सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया