आजको राशीफल हेर्नुहोस्

आज वि.सं. २०७८ साल पौष महिनाको २९ गते बिहीबार, पौष शुक्लपक्षको एकादशी तिथि । आज पुत्रदा एकादशी रहेको छ ।
मेष
धर्म अध्यात्मप्रति निकै मन जाने छ । आँटिलो व्यक्तित्व हुने छ । प्राकृतिक कुराहरुप्रति आकर्षित हुने र त्यसबाट आनन्द लाग्ने हुने छ । आम्दानीमा धेरै बृद्धि नभए पनि गिरावट पनि हुने छैन् । पेशागत जीवन सन्तुलित रहने छ । अनावश्यक बादबिबादबाट जोगिनु होला ।
वृष
कल्पना र भावनात्मक पक्षले बढि स्थान लिने छ । सृजनशिलतामा बृद्धि हुने छ । नयाँ कामको शूरुवात गर्ने वा अध्ययन क्षेत्रमा प्रगति हुने छ । पेशागत क्षेत्र सहज रुपमा अघि बढ्ने छ । आम्दानी औसत रहने छ । परिवारमा बैमनश्यता रहने छ ।
मिथुन
आम्दानीमा बृद्धि हुँदा आर्थिक अवस्था मजबुद बन्ने छ । पेशागत क्षेत्र सहज रहने छ । परिवारमा पनि कदर बढ्न जाने छ भने समाजबाट पनि मानसम्मान प्राप्त हुने छ । अस्पतालको खर्च बृद्धि हुने छ । यात्रामा जानु पर्ने हुन सक्छ ।
कर्कट
मनोबलमा बृद्धि हुने छ तर बढि कडा खालको व्यक्तित्व बन्ने भएकाले यसमा विचार गदा उपयुक्त हुने छ । पेशागत क्षेत्रमा हौसला प्राप्त हुने छ । परिवारमा अन्योलताको अवस्था आउने छ । एक अर्काप्रति अविश्वासको अवस्था देखा पर्ने छ । आर्थिक रुपमा केही चुनौतिपूर्ण समय रहेको छ ।
सिंह
संयमित रहेर कदम चाल्नु उपयुक्त हुने छ । खासगरी बादबिबाद तथा झैझगडा र प्रशासनिक क्षेत्रमा धाउनु पर्ने अवस्था आउने जोखिम देखिन्छ । सामाजिक छवी र प्रतिष्ठामा गिरावट आउने छ । भाग्यहिनताका कारण कमजोर अवस्थाबाट गुज्रनु पर्ने छ । परिवारका सदस्यबाट साथ मिल्ने छैन् ।
कन्या
रोमाञ्चक खालको यात्रा हुने छ । तर यात्रामा केही कठिनाईको सामना भने अवश्य गर्नु पर्ने छ । रमाईलो खालको स्वाभावले गर्दा साथिभाइको मन जित्न सकिने छ । योजना बनाए भन्दा खर्चमा बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुन पुग्दा आर्थिक पक्ष भने सन्तुलित रहने छ । परिवारको मन जित्ने प्रयास गर्नु होला ।
तुला
परिवारमा मधुरता आउने छ । स्वास्थ्य समस्याले च्याप्दा पेशागत कामहरु अवरुद्ध हुने छन् । खर्चहरु बढ्ने हुँदा आर्थिक रुपमा तनाव थपिने र ऋण लाग्ने देखिन्छ । बोलीमा रुखोपना आउने भएकाले संयमित रहनु नै उचित हुने छ । पेशागत जीवन सन्तुलन राख्न प्रयास गर्नु होला ।
वृश्चिक
सामाजिक रुपमा राम्रो छवि कायम हुने छ । जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । कमाईमा बृद्धि हुने छ । अस्पतालहरुको खर्च भने बढ्न जाने छ भने अन्य खर्चहरु पनि बृद्धि हुने छन् । मित्रतामा केही कटुता देखा पर्ने छ भने अविश्वास उत्पन्न हुने छ ।
धनु
समय प्रतिकुल खालको रहेकाले धैर्यतासाथ कदमहरु चाल्नु होला । मनोबलमा कमि आउने र मनमा लघुताभाषको अवस्था आउने छ । पेशागत क्षेत्रमा केही सुधार आउने छ भने सन्तुलनको आभाष हुने छ । जीवनसाथिको साथले कठिनाईलाई पार लगाउन मद्धत मिल्ने छ ।
मकर
नयाँ नयाँ स्थानको भ्रमणको अवसर पनि प्राप्त हुने छ । रङ्ग रमाईलोको वातावरण मिल्ने छ । बोलीका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । निर्णय क्षमतामा सुधार आउने भएकाले आफ्नो मनोबलमा सुर आउने छ । खर्चको मात्रा भने धेरै हुने छ । स्वास्थ्यका विषयमा भने सचेत रहनु नै वेस हुने छ ।
कुम्भ
समय उपयुक्त रहने नै देखिन्छ । आम्दानीमा बृद्धि भए तापनि त्यसको प्रतिफल भने न्युन नै हुन जाने छ । खर्चका मात्राहरु पन िबढ्न पुग्ने छन् । पेशागत क्षेत्र औसत प्रकृतिको हुने छ । परिवारमा मधुरताका क्रम देखा पर्ने छ । सामाजिक रुपमा भने सम्मान प्राप्त हुने छ ।
मीन
मनमा दोहोरो कुरा खेल्ने छ । अरुले गर्ने स–सानो आलोचनाले पनि मनमा धेरै खिन्नता सृजना गर्नाले लघुताभाष गराउने छ । आर्थिक हिसावले हेर्दा केही दबाब सृजना गर्ने छ छ । पेशागत जीवनमा धेरै जोखिम उठाउने भन्दा निरन्तरतालाई ध्यान दिनु नै उपयुक्त हुने छ । परिवारमा हुने किचलोका कारण आपसमा मनमुटाव रहने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया