शुक्रबार, पुष १८, २०८२

भारतीय नागरिक मृत भेटिए

मेरोन्यूज २०७८ पुष २९ गते १७:०५

काठमाडौँ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन् ।

फुङ्लिङ नगरपालिका ५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

राति शौचालय जाने भन्दै निस्केका उनी लामो समयसम्म नफर्किएपछि खोज्न जाँदा मृत भेटिएका थिए । कुमारको शव उनको आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया