शनिबार, पुष ५, २०८२

आजको मौसम कस्तो ?

मेरोन्यूज २०७८ पुष ३० गते ६:४८

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सो प्रभावका कारण प्रदेश २ तथा बाँकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रहेको छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज देशभर चिसो अझै बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया