भक्तपुरमा ९३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । भक्तपुरमा लक्षित जनसंख्याण्को ९३ दशमलव चार प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । भक्तपुरमा कूल दुई लाख ५० हजार २६१ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएकामा बिहीबारसम्म दुई लाख ३४ हजार ३६ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भक्तपुरमा सबैभन्दा बढी सूर्यविनायक नगरपालिकामा कोरोनाविरुद्ध खोप लगाएका छन । यहाँ लक्ष्यभन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए । सूर्यविनायकमा ६२ हजार ३६ जनालाई खोप लगाउने लक्ष्य लिए हालसम्म ८१ हजार ७०५ जनाले खोप लगाएको उनले बताए ।
यस्तै, चाँगुनारायण नगरपालिकामा ८४ दशमलव ३३ प्रतिशतले खोप लगाएका छन् । यहाँ ४९ हजार ६९४ जनालाई खोप दिने लक्ष्य लिएकामा ४१ हजार ९०९ जनाले खोप लगाएका छन् । मध्यपुरथिमि नगरपालिकामा ५८ हजार ५४१ जनाले खोप लगाएका छन्, जुन निर्धारित लक्ष्यको ७८ दशमलव चार प्रतिशत हो । यहाँ ६४ हजार ६७३ जनालाई खोप दिने लक्ष्य छ ।
भक्तपुरमा खोप लगाउनेको संख्या ९३ प्रतिशत पुगे पनि अझै धेरै जनसंख्या खोपको पहुँच बाहिर रहेको मिजारले जानकारी दिए । भक्तपुरमा राष्ट्रिय जनगणना २०६८ को जनसंख्यालाई आधार बनाई खोप लगाउनु पर्ने संख्या निर्धारण गरिएको र २०६८ यता बसाइँसराइ तथा अस्थायी बासिन्दाको चाप बढेकाले खोप लगाउनु पर्नेको संख्या वृद्धि भएको र अझै धेरै जनसंख्या खोप लगाउन बाँकी रहेको उनले बताए ।
















संघीय सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया