दार्चुलामा कोरोना खोप अभाव

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नु पर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो ।
प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्ध लगाइने खोपको अभाव छ । बिहीबार जिल्लाका कुनै पनि ठाउँमा कोरोना खोप छैन । “कोरोनाको खोप सकिएको छ”, स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले भने, “अहिले खोप माग गरिएको छ, एक–दुई दिनभित्र खोप जिल्ला पुग्छ, अहिलेसम्म जिल्लामा ७७ प्रतिशत नागरिकले मात्रै खोप पाएका छन् ।”
यस्तै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको आदेशमा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुने गरी राजनीतिक, सामाजिक, धार्मिक तथा प्रशासनिक कार्यक्रम, मेला, भेला, महोत्सव, पर्व सञ्चालन गर्ने, आवश्यक कार्यक्रमको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ ।
सार्वजनिक यातायातमा तोकिएको सिटभन्दा बढी यात्रु राख्न नपाउने र घरबाट बाहिर निस्कँदा अनिर्वायरूपमा मास्क लगाउनु पर्नेछ । त्यस्तै भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा आउने नागरिकले स्थानीय तहको स्वास्थ्य शाखाको निगरानीमा होम क्वारेन्टिनमा बस्नु पर्ने छ ।
बिहीबारसम्म जिल्लामा १७ जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट रोजगारी गरेर फर्किने नेपालीमा कोरोना संक्रमण देखिने गरेको छ । सीमानाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा संक्रमण देखिने गरेको छ ।
भारतसँग सीमा जोडिएका दार्चुलाको पुलघाट र जौलजिवीमा अहिले जाँचको व्यवस्था गरिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रूपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
















धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया