प्रदेश २ मा कोरोना संक्रमित बढेपछि तयारी गर्न मुख्यमन्त्रीको निर्देशन

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश २ मा पनि बढ्न थालेपछि प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैल्न नदिन तथा कोरोना संक्रमितिको लागि औषधि उपचारको विषयमा छलफल गरेका छन् । कोरोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिए ।
कोभिड १९ कै अलग प्रजाति ओमिक्रोन भेरियन्ट झन संक्रामक रहेकोले पनि त्यससँगको लडाइँमा स्वास्थ्यकर्मी, आमजनतालाई बलियो रुपमा लाग्नुपर्ने मुख्यमन्त्रीले बताए ।
पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश देखिएको शय्या र अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न उनले निर्देशन दिए । प्रदेशभरिमा पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको र बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया प्रदेश सरकारले बढाइसकेको उनले बताए ।
त्यसैगरि, प्रदेशमा १५ वटा अस्पतालमा ३४६ आइसोलेसन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयु शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।
यस्तै, प्रदेशभरि १२ वटा पीसीआर परीक्षण मेसिनबाट कोभिड(१९ जाँच हुँदै आएको जनाएको छ ।
मंसिरको अन्तिम सतासम्म स्थिर देखिएको कोरोना भाइरस संक्रमणको ग्राफ पुस सुरु हुँदै प्रदेश २ मा बढ्दै गएको छ । बिहीबार मात्रै प्रदेश २ का आठवटै जिल्ला गरेर ११२ जना कोरोना संक्रमित पाइएको छ ।
यसअघिका कोरोना भाइरससंक्रमणबाट प्रदेश २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन् भने ३७ हजार ७०६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संघीय सरकारले पुस मसान्तभित्रमा ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुस मसान्त भइसक्दा पनि प्रदेश २ मा त्यो अझै ४० प्रतिशतले मात्र खोप लगाउन सकेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले खोपको अभाव नरहेको र लगाउने आउने सर्वसधारणको संख्या निकै कम रहेको बताए । रेडियो, पत्रपत्रिका लगायतबाट खोप सम्बन्धि जानकारी गराएपनि ग्रामिण क्षेत्रमा अझै सर्वसधारणले खोप लगाउन नसकेको उनले बताए ।









प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
प्रतिक्रिया