जीप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो
काठमडाौँ । तनहुँको बन्दीपुर गाउँपालिका ६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ । ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बन्दीपुर ६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिसा थापा र सात महिने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया