कोरोना कहर
कोरोनाले ‘ए’ डिभिजन लिग प्रभावित
च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना देखियो
मेरोन्यूज
२०७८ माघ २ गते १५:०७

काठमाडौं । केही दिनयता तीब्र रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण खेलाडीहरुमा पनि भेटिएपछि जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग प्रतियोगिता प्रभावित भएको छ ।
नेपाल पुलिस क्लबविरुद्ध आइतबार खेल्न तयार भएको च्यासल युथ क्लवका १९ जना खेलाडीमा कोरोना देखिएको छ ।
च्यासलका १९ खेलाडीमा कोरोना देखिएपछि आइतबार अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ ।
यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशीष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो ।
पुलिस आठ खेलमा सात अंक जोडेर ११औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३औं स्थानमा छ । ‘ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन ।
सम्बन्धित


















गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया