प्रधानमन्त्री -प्रचण्ड भेटवार्ता
सत्ता गठबन्धनको बैठक भोलि बस्ने, चुनाववारे छलफल हुने

काठमाडौं । सत्ता गठबन्धन दलको राजनीतिक संन्यत्रको बैठक भोलि मंगलवार बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्ने तय भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोभिड संक्रमणमुक्त भएपछि सोमबार प्रधानमन्त्री शेरवहादुर देउवासँगको भेटका लागि बालुवाटार पुगेका थिए । दुई नेता वीचको छलफलले भोलि मंगलवार सत्ता गठबन्धन संन्यत्रको बैठक बस्ने गरी मिति तय भएको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई नेतावीच सत्ता संन्यत्रको वैठक बसेर निर्वाचन सम्वन्धी विषयमा छलफल गर्न सहमत भएका हुन् ।
दुवै नेता संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिवद्ध रहेको र त्यसका बारेमा पनि छलफल संन्यत्रको वैठकमा हुने प्रचण्डका स्वकीय सचिव मल्लले बताए ।
निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनका लागि वैशाखमा सरकारलाई मिति प्रस्ताव गरेको छ । त्यस्तै आयोगले राजनीतिक दलका नेताहरुसँग पनि परमार्श गरिरहेको छ । निर्वाचनका लागि १२० दिनको समय माग गरेर आयोगले सरकारलाई वैशाखमा सकभर एकै चरण नभए पनि दुई चरणमा चुनाव गराउने गरी प्रस्ताव यस अगाडी नै गरिसकेको छ ।
तर प्रचण्ड कोभिड संक्रमणमा रहेपछि प्रधानमन्त्रीले सत्ता गठबन्धनमा यस विषयमा छलफल गर्न सकेका थिएनन । अव आजको दुई नेताको छलफल पछि भोलि बस्ने वैठकमा यस वारेमा छलफल हुने वताईएको छ ।
भोलि संन्यत्रको वैठकमा १२ माघमा हुने राष्टिय सभा निर्वाचनको रिक्त पदहरुका निर्वाचन तयारीका विषयमा पनि छलफल हुनेछ । सत्ता गठबन्धनले १२ माघको राष्टिय सभा चुनावका लागि आपसमा सिट वाडफाँड गरेर उम्मेदवारी दिएका छन् । १२ माघमा १९ पदका लागि निर्वाचन हुँदैछ ।
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चा सहभागी छन् ।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया