सोमबार, पुष ७, २०८२

प्रदेश २ को राजधानी जनकपुर तोकियो

१०४ सांसदमध्ये ९९ प्रदेश सांसद सहभागी वैठकमा जनकपुरको पक्षमा ७८ सांसद उभिएका थिए

मेरोन्यूज २०७८ माघ ३ गते १५:३९


जनकपुर । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर तोकिएको छ । प्रदेश सभामा सोमबार भएको गोप्य मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो । प्रदेश सभामा १०४ जना सांसद छन् ।

जनकपुर राजधानी तोकिएसँगै अव प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम भएको छ ।

प्रदेश २ सभाको सोमबारको बैठकमा ९९ जना सांसदहरुको सहभागीता थियो । जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो । पहिलो प्रस्तावले नै दुई तिहाई मत पाएकोले दोस्रो प्रस्तावमा मतदान नगदैं प्रदेश २ को राजधानी जनकपुर कायम भएको हो ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।

वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।

प्रतिक्रिया