प्रदेश २ को राजधानी जनकपुर तोकियो
१०४ सांसदमध्ये ९९ प्रदेश सांसद सहभागी वैठकमा जनकपुरको पक्षमा ७८ सांसद उभिएका थिए

जनकपुर । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर तोकिएको छ । प्रदेश सभामा सोमबार भएको गोप्य मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो । प्रदेश सभामा १०४ जना सांसद छन् ।
जनकपुर राजधानी तोकिएसँगै अव प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम भएको छ ।
प्रदेश २ सभाको सोमबारको बैठकमा ९९ जना सांसदहरुको सहभागीता थियो । जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो । पहिलो प्रस्तावले नै दुई तिहाई मत पाएकोले दोस्रो प्रस्तावमा मतदान नगदैं प्रदेश २ को राजधानी जनकपुर कायम भएको हो ।
प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।
वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया