शनिबार, वैशाख २६, २०८३

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

मेरोन्यूज २०७८ माघ ४ गते ११:१४

काठमाडौँ । नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । ६ दशकदेखि खुकुरीले ‘खुकुरी एक्सएक्सएक्स (ट्रिपल एक्स) रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।

Advertisement
NiccNicc

रमका पारखीहरुले ‘खुकुरी रम’मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन् । ग्राहकको सोही चाहनालाई ध्यानमा राखेर खुकुरीले उत्कृष्ट समीश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको हो ।

जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ रुचाइएको गुणस्तरीय उत्पादन नेपाली बजारमा ल्याइएको हो । उत्कृष्ट पदार्थको प्रयोग, उत्पादनको प्रक्रिया लामो र केही फरक हुने भएकाले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य केही बढी हुने उत्पादक कम्पनीका महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए ।

चालु आर्थिक वर्षमा बढीमा ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने लामिछानेले बताए । ‘आफ्ना ग्राहकहरुको अपेक्षाअनुसार यो नयाँ प्रडक्ट ल्याउन सफल हुँदा हामीलाई खुशी लागेको छ,’ उनले भने, ‘साथै आगामी दिनमा ग्राहकका लागि सदैव उच्च गुणस्तरको रम उत्पादन गर्न हामी प्रतिबद्ध छौँ ।’

प्रतिक्रिया