इलाम कृषि क्याम्पसलाई पूर्वाञ्चलको सम्बन्धन

इलाम । मुलुक मानै स्थानीय तहले सञ्चालन गर्न लागेको पहिलो सामुदायिक कृषि क्याम्पसले सम्बन्धन पाएको छ ।
इलाम नगरपालिकाले स्थापना गरेको इलाम सामुदायिक कृषि क्याम्पसले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको हो । इलाम सामुदायिक कृषि क्याम्पसले सोमबार कृषि स्नातक सञ्चालनको लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सोमबार अनुमति पाएको हो ।
सम्बन्धन पाएसँगै सामुदायिक कृषि क्याम्पसले विद्यार्थीको भर्ना प्रक्रिया सुरु गरेको छ । भर्नाको लागि अनलाइन आवेदन खुलाएको क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठले जानकारी दिए ।
पूर्वाञ्चल विश्वविद्यालय र कृषि क्याम्पसको वेबसाइटबाट आवेदन भर्न सकिनेछ । १२ माघसम्म आवेदन पेस गर्न पाइने क्याम्पसले जनाएको छ । आवेदन पेस गरेकामध्ये इन्ट्रान्स उत्तीर्ण विद्यार्थीले क्याम्पसमा भर्ना हुन पाउने छन् । इन्ट्रान्स परीक्षा पनि इलाममा नै हुने बताइएको छ ।
इलाम सामुदायिक कृषि क्याम्पसमा बिएस्सी एजी अध्ययनको लागि विज्ञान विषय लिई प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । तर, उनीहरूले प्लसटुमा जीव विज्ञान र गणित विषय अध्ययन गरेको हुनुपर्नेछ ।
त्यस्तै आइएस्सी एजी गरेकाहरू र प्लसटुमा कृषि विज्ञान गरेका र सिटिइभिटिईमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएस्सी एजी पढ्न पाउनेछन् ।
चार वर्षमा पुरा हुने आठ सेमेस्टरको कोर्स पुरा एक जना विद्यार्थीले चार लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पहिलो र दोस्रो सेमेस्टरमा ७०÷७० हजार रुपैयाँ बुझाउनुपर्नेछ । बाँकी रकम छ सेमेस्टरमा भुक्तानी गर्नुपर्नेछ । तेस्रो सेमेस्टरदेखि ४३ हजार रुपैयाँ हाराहारी शुल्क बुझाउनुपर्नेछ ।
क्याम्पसले कक्षा सञ्चालनको लागि तयारी पुरा गरेको छ । दुई वटा ल्याब, स्मार्ट क्लास रुम, अभ्यासको लागि फिल्ड तयार भएको क्याम्पस प्रमुख डा. योगन्द्रमान श्रेष्ठले जानकारी दिए । सामुदायिक कृषि क्याम्पसमा फागुनदेखि पठन पाठन सुरु हुने जनाइएको छ ।
इलाम नगरपालिका–९ मा स्थापना गरिएको कृषि क्याम्पस अन्य क्याम्पसहरूको तुलनामा सस्तो, अनुकूल वातावरणमा भएकाले दिगो रूपमा सञ्चालन हुने क्याम्पस सञ्चालक समितिका सदस्य सचिव ठाकुर नारायण श्रेष्ठ बताउँछन् । ‘अरूतिर साढे छ लाख देखि १५ लाख सम्म लाग्दो रहेछ, त्यसको तुलनामा इलाम सामुदायिक कृषि क्याम्पस सस्तो छ’, श्रेष्ठले भने,‘इलाम कृषिको जिल्ला हो, अध्ययनको लागि समेत इलामको वातावरण अनुकूल छ त्यसैले क्याम्पस दिगो रूपमा चल्छ भन्नेमा हामी ढुक्क छौ ।’
इलाम सामुदायिक कृषि क्याम्पस नेपाल मानै स्थानीय तहले स्थापना गरेको पहिलो सामुदायिक कृषि क्याम्पस हो । यो पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने समेत पहिलो कृषि क्याम्पस भएको क्याम्पस प्रमुख योगेन्द्रमान श्रेष्ठले बताए । क्याम्पस सञ्चालनको लागि इलाम नगरपालिकाले कार्यविधि बनाएको छ ।
कार्यविधि अनुसार महेन्द्र रन्त बहुमुखी क्याम्पसका पूर्व प्रमुख जसबहादुर लुङ्गेलीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । सञ्चालक समितिले अहिले दुई जना उपप्राद्यापक नियुक्त गरेको छ । अरू आवश्यक जनशक्ति करारमा लिइने बताइएको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया