माओवादी केन्द्र समाजवादीले कम्युनिष्ट सम्मेलन गर्ने
मेरोन्यूज
२०७८ माघ ५ गते १५:५३

काठमाडौं । गोपाल किराँतीसँग विभाजित भई बनेको कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) कम्युनिस्ट सम्मलेन आयोजना गर्ने भएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारेमा जानकारी दिएको हो । जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्न लागिएको पार्टीका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
‘वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलनको आयोजना गरिने बुढाथोकीले बताए ।
कम्युनिष्टहरुको पहिलोपटक सम्मेलनको आयोजना गर्न लागिएको भन्दै उनले यसका लागि छिट्टै आयोजक समिति तथा विभागहरु गठन गरिने बताए ।
सम्बन्धित
















आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया