बिहीबार, पुष १०, २०८२

माओवादी केन्द्र समाजवादीले कम्युनिष्ट सम्मेलन गर्ने

मेरोन्यूज २०७८ माघ ५ गते १५:५३

काठमाडौं । गोपाल किराँतीसँग विभाजित भई बनेको कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) कम्युनिस्ट सम्मलेन आयोजना गर्ने भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारेमा जानकारी दिएको हो । जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्न लागिएको पार्टीका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

‘वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलनको आयोजना गरिने बुढाथोकीले बताए ।

कम्युनिष्टहरुको पहिलोपटक सम्मेलनको आयोजना गर्न लागिएको भन्दै उनले यसका लागि छिट्टै आयोजक समिति तथा विभागहरु गठन गरिने बताए ।

प्रतिक्रिया