रौतहट एमालेमा प्रभु साहविरुद्ध गुट बन्याे
रौतहटको अधिवेशन पुनः गराउन केन्द्रीय समितिसँग माग

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रूपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले आपत्ति जनाउँदै आएको हो ।
एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । माघ २ गते सहमतिको प्रयास नै नगरी अध्यक्ष मण्डलले गरेको प्रस्तावित कमिटीलाई बन्दसत्रका प्रतिनिधिले पूर्ण अस्वीकार र खारेज गरेको गिरी पक्षले जनाएको छ ।
पार्टी प्रदेश कमिटी अध्यक्ष राम औतार यादवले स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज प्रभु साह, पोलिटव्युरो सदस्य एवं प्रदेश सहइन्चार्जहरू लीलानाथ श्रेष्ठ, समन प्याकुरेल, अच्युत मैनालीको उपस्थितिमा अधिवेशन हल बाहिर अज्ञात स्थलमा गई प्रतिनिधिलाई थाहै नदिई कमिटीका पदाधिकारीलाई शपथ ग्रहण गराउनु आपत्ति जनक रहेको गिरी पक्षको आरोप छ।
गिरी पक्षले विधि र विधान अनुरूप नयाँ कार्यसमिति गठन गर्न केन्द्री समितिसँग माग गरेको छ ।











इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित
रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया