रौतहट एमालेमा प्रभु साहविरुद्ध गुट बन्याे
रौतहटको अधिवेशन पुनः गराउन केन्द्रीय समितिसँग माग

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रूपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले आपत्ति जनाउँदै आएको हो ।
एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । माघ २ गते सहमतिको प्रयास नै नगरी अध्यक्ष मण्डलले गरेको प्रस्तावित कमिटीलाई बन्दसत्रका प्रतिनिधिले पूर्ण अस्वीकार र खारेज गरेको गिरी पक्षले जनाएको छ ।
पार्टी प्रदेश कमिटी अध्यक्ष राम औतार यादवले स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज प्रभु साह, पोलिटव्युरो सदस्य एवं प्रदेश सहइन्चार्जहरू लीलानाथ श्रेष्ठ, समन प्याकुरेल, अच्युत मैनालीको उपस्थितिमा अधिवेशन हल बाहिर अज्ञात स्थलमा गई प्रतिनिधिलाई थाहै नदिई कमिटीका पदाधिकारीलाई शपथ ग्रहण गराउनु आपत्ति जनक रहेको गिरी पक्षको आरोप छ।
गिरी पक्षले विधि र विधान अनुरूप नयाँ कार्यसमिति गठन गर्न केन्द्री समितिसँग माग गरेको छ ।
















नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया