बिहीबार, कार्तिक २९, २०८१

तोडफोड र आगजनीको घटना छानबिन गर्न समिति गठन

मेरोन्यूज २०७८ माघ ५ गते २०:५९

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका ६ स्थित चिमडी महोत्सवमा भएको तोडफोड र आगजनीको घटना छानबिन गर्न सुनसरी प्रशासनले समिति गठन गरेको छ ।

Advertisement

घटनामा भएको तोडफोड र आगजनीको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको हो ।

मंगलबार महोत्सवका क्रममा दर्शकले आगजनी र तोडफोड गरेका थिए । उक्त तोडफोड र आगजनीबाट करोडौंको क्षति भएको छ ।

घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई ५ दिन भित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । समितिले बुधबारबाट नै काम थालेको छ । सुनसरी प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटनामा बर्जु गाउँपालिका दोषी रहेको बताएको छ ।

महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

ठूलो हताहतिबाट जोगाउन आक्रोशित भीडमाथि बल प्रयोग गर्न नसकिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

महोत्सवमा बोलाइएका भोजपुरी कलाकार खेसरीलाल यादव नआएपछि महँगो शुल्क तिरेर टिकट काटेका दर्शकले तोडफोड र आगजनी गरेका थिए ।

यो पनि पढ्नुस्

आफ्ना कारण क्षति भएपछि खेसरीलालले माफी मागे

दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

प्रतिक्रिया