सिटामोलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधिको अभाव हुन नदिने सम्बन्धित निकायलाईलाई निर्देशन दिएका छन् ।
बजारमा सिटामोल लगायतका औषधिको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्न प्रधानमन्त्री देउवाले गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका हुन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधि उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए ।
त्यसलगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग लगायत औषधि उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो ।
औषधिको अभाव नहुने गरी अघि बढ्न औषधी उत्पादकहरु तयार भएका छन् । यदि कसैले औषधीको कृत्रिम अभाव सृजना गरेको पाएका तत्काल कारबाही गर्ने गरी निर्देशन गएको छ ।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया