औषधि व्यवस्था विभागको ‘डिजी’ सरुवाः विचौलिया हाबीको आरोप

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएपछि कर्मचारीले विरोध गरेका छन् । महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशाला प्रमुखमा सरुवा गरेर भरत भट्टराईलाई महानिर्देशकमा नियुक्त गरेपछि कर्मचारीले चार महिनामा महानिर्देशक परिवर्तन गर्न नहुने भन्दै विरोध गरेका हुन् ।
अहिले ढकाल र भट्टराई दुवै विभागको महानिर्देशककै रुपमा हाजिर गरिरहेको बेला विभागका ५६ जना कर्मचारीले यसको विरोध गरेका हुन् । महानिर्देशक बनेका ढकाल र भट्टराई एघारौँ तहका कर्मचारी हुन् ।
साढे ४ महिनाअघिसम्म अर्थात १५ भदौसम्म भट्टराई औषधि व्यवस्था विभागको महानिर्देशक थिए । त्यसपछि सरकारले उनलाई प्रयोगशालाको जिम्मेवारी दिएको थियो । तत्कालीन सरकारले ढकाललाई तेस्रोपटक महानिर्देशकको जिम्मेवारी दिएको थियो ।
साढे चार महिनापछि यी दुई बीचको जिम्मेवारी पुनः उल्टिएको छ । भट्टराईले महानिर्देशकको रूपमा हाजिर गरे पनि महानिर्देशकको कुर्सी ढकालले छाडेका छैनन् । ढकालले आफूलाई महानिर्देशकबाट हटेको कुनै पत्र नआएको जानकारी दिँदै कानूनी रूपमा आफू अडिग रहेको बताउदै भट्टराईलाई कुर्सी नछाडेका हुन् ।
स्वास्थ्य मन्त्रालयले गत पुस २५ मा मन्त्री स्ततरीय निर्णय लिँदै विभागको महानिर्देशकमा राष्ट्रिय प्रगोगशालाका भट्टराईलाई पठाएको थियो । यस्तै, ढकाललाई प्रयोगशालामा सरुवा गरेको थियो । कर्मचारीले भने निजामति ऐनअनुसार कर्मचारीको सरुवा हुनु पर्नेमा औषधि विचौलियाको दबाबमा सरकारले महानिर्देशकको सरुवा गरेमा विरोध गरेका हुन् ।
उनीहरुले विरोधपत्र स्वास्थ्य मन्त्रालयमा पठाएका छन् । कर्मचारीले चार महिनामै कर्मचारीको सरुवा हुँदा कार्य सम्पादन मूल्यांकनमा समेत असर पर्ने भन्दै पुर्नविचार गर्न स्वास्थ्य मन्त्रीलाई आग्रह गरेका छन् । उनीहरुले नियमनकारी निकायमै विचौलिया हाबी भएकाले अहिलेको सरुवा रोक्न आग्रह गरेका छन् ।














पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया