औषधि व्यवस्था विभागको ‘डिजी’ सरुवाः विचौलिया हाबीको आरोप

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएपछि कर्मचारीले विरोध गरेका छन् । महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशाला प्रमुखमा सरुवा गरेर भरत भट्टराईलाई महानिर्देशकमा नियुक्त गरेपछि कर्मचारीले चार महिनामा महानिर्देशक परिवर्तन गर्न नहुने भन्दै विरोध गरेका हुन् ।
अहिले ढकाल र भट्टराई दुवै विभागको महानिर्देशककै रुपमा हाजिर गरिरहेको बेला विभागका ५६ जना कर्मचारीले यसको विरोध गरेका हुन् । महानिर्देशक बनेका ढकाल र भट्टराई एघारौँ तहका कर्मचारी हुन् ।
साढे ४ महिनाअघिसम्म अर्थात १५ भदौसम्म भट्टराई औषधि व्यवस्था विभागको महानिर्देशक थिए । त्यसपछि सरकारले उनलाई प्रयोगशालाको जिम्मेवारी दिएको थियो । तत्कालीन सरकारले ढकाललाई तेस्रोपटक महानिर्देशकको जिम्मेवारी दिएको थियो ।
साढे चार महिनापछि यी दुई बीचको जिम्मेवारी पुनः उल्टिएको छ । भट्टराईले महानिर्देशकको रूपमा हाजिर गरे पनि महानिर्देशकको कुर्सी ढकालले छाडेका छैनन् । ढकालले आफूलाई महानिर्देशकबाट हटेको कुनै पत्र नआएको जानकारी दिँदै कानूनी रूपमा आफू अडिग रहेको बताउदै भट्टराईलाई कुर्सी नछाडेका हुन् ।
स्वास्थ्य मन्त्रालयले गत पुस २५ मा मन्त्री स्ततरीय निर्णय लिँदै विभागको महानिर्देशकमा राष्ट्रिय प्रगोगशालाका भट्टराईलाई पठाएको थियो । यस्तै, ढकाललाई प्रयोगशालामा सरुवा गरेको थियो । कर्मचारीले भने निजामति ऐनअनुसार कर्मचारीको सरुवा हुनु पर्नेमा औषधि विचौलियाको दबाबमा सरकारले महानिर्देशकको सरुवा गरेमा विरोध गरेका हुन् ।
उनीहरुले विरोधपत्र स्वास्थ्य मन्त्रालयमा पठाएका छन् । कर्मचारीले चार महिनामै कर्मचारीको सरुवा हुँदा कार्य सम्पादन मूल्यांकनमा समेत असर पर्ने भन्दै पुर्नविचार गर्न स्वास्थ्य मन्त्रीलाई आग्रह गरेका छन् । उनीहरुले नियमनकारी निकायमै विचौलिया हाबी भएकाले अहिलेको सरुवा रोक्न आग्रह गरेका छन् ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया